पत्रकार अपिल त्रिपाठीलाई प्रश्न ? -
Comments Add Comment

पत्रकार अपिल त्रिपाठीलाई प्रश्न ?

१४ कार्तिक , काठमाडौँ । गन्डकी छड्के टेलिभिजनका प्रस्तोता अपिल त्रिपाठीले गोर्खा क्षेत्र नं. २ का नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाका उमेदवार अब्दुस मियाँसँग अन्तर्वार्ता लिएका थिए । उक्त अन्तर्वार्ताको केही प्रश्न थिए : ” तपाई बलीको बोको हो ?” , ” तपाँईको चुनाव हारेपछिको योजना के छ ?”, को सँग लडेर हारेको भन्दा प्रचन्डसँग भन्दा मजा आउँछ होइन ?” , ” तपाईं चुनाव लडेको चर्चा बटुल्नकै लागि हो कि, हार्दा पनि अवसर आउँछ भनेर हो ?” , ” प्रचन्डलाई गाली नगरी उत्तर दिनुहोस न ?” आदि आदि । यसरी प्रश्न तेर्स्याइरहँदा अपिल त्रिपाठीलाई मेरो प्रश्न छ : प्रचन्डसँग चुनाव लड्ने एक होनहार युवा नेता बलीको बोको कसरी भयो ? , के अब्दुसले चुनाव हार्छन भन्ने ग्यारेन्टी छ र ? अनि प्रचन्डलाई तपाइले चर्चित नेताको पगरी गुँथाउदै गर्दा , उनी कसरी चर्चित भए ? उनको संघर्षको परिणामले आज देशले के पायो ? अन्तमा टाउकाको मोल तोक्नेसँगको सांठगाँठ अनि दिल्लीमा सत्ता आलोपालोको सम्झौता हो त ? के तपाईं पत्रकार महोदयले प्रचन्डलाई यी प्रश्नहरुको झटारो हान्ने आँट गर्न सक्नुहुन्छ ? त्यसैले, देशमा संस्कार नभएका राजनीतिज्ञ, पारख नभएका कर्मचारी, विवेक र नैतिकता नभएर पैसा नै बहसको सबभन्दा ठुलो इज्जत सम्झने विष्लेषक, किसानले उब्जाएको अन्न र तरकारीहरुको बिचैमा हालिमुहाली गर्ने बिचौलियाहरु र जुनसुकै क्षेत्रमा पनि किरा सल्बलाएजस्तो सल्बलाई नेताको पछि लागिरहने दलालहरु यी माथिका पात्रहरुले आफ्नो ब्यबहार र आचरणमा सुधार नल्याएसम्म न देशको बिकास हुन्छ, न त जनताले सुशासनको अनुभूति प्राप्त गर्न सक्छन । पार्टीका यस्तै झोलेझाम्टे विद्वान र केही युटुबे पत्रकारहरुको ब्यबहारले गर्दा देशको राजनीतिमा हरेक पार्टीमा पुरानो पूस्ताको हावी भइ नै रहन्छ र नयाँ पूस्ताले मौका बिरलै पाउँछन् ।

काठमांडौ
९८५११९२०८८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds