Comments Add Comment

Advertisment

SKIP THIS

१५ हजार मतान्तरले जित्छु : मन्त्री पौडेल

१६ कार्तिक , काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले १५ हजार मतान्तरले जित्ने दाबी गरेका छन् । बुधबार बडिगाड गाउँपालिका– ३ सिसाखानीको चुनावी सभालाई सम्बोधन गर्दै उनले १५ हजार मतान्तरले जित्ने दाबी गरेका हुन् ।

“गठबन्धनको मतको हिसाब गर्दा हामी १५ हजार मतले अघि छौँ,” उनले भने, “बागलुङ क्षेत्र नम्बर २ का दुई प्रदेश सदस्यसहित प्रतिनिधिसभा सदस्यमा हामीले जितिसकेका छौँ, औपचारिक घोषणा हुनमात्र बाँकी छ ।” उनले नेकपा एमाले पार्टी लोकतन्त्र विरोध भएको बताए । “लोकतन्त्र भनेको बहुमतको शासन, अल्पमतको प्रतिपक्ष हो,” उनले भने, “केपी ओलीले अल्पमतमा पर्दा पनि संविधानलाई मास्न खोज्नुभयो ।”

लोकतान्त्रिक प्रणाली स्थापनाका लागि निर्वाचन आयोगले गरेको सिफारिसलाई सरकारले स्वीकार गरेको बताउँदै निर्वाचन निष्पक्ष हुने विश्वास व्यक्त गरे । देशको लोकतान्त्रिक प्रणाली धरापमा पार्न खोजेकाले संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन गरेको बताए । गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार जीतबहादुर शेरचनले भौतिक पूर्वाधार विकासले मात्र नहुने भन्दै देशलाई आर्थिक विकासमा लैजानुपर्ने बताए ।

कार्यक्रममा संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका नेता निरज पुन, प्रतिनिधिसभा समानुपातिक उम्मेदवार रेनुका काउचा, नेकपा माओवादी केन्द्र समानुपातिक पदका उम्मेदवार वलावति शर्मा, प्रदेश सभा समानुपातिक पदका उम्मेदवार मेखबहादुर विक, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजीव घिमिरे, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेललायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै