बिदेसीनुपर्ने बाध्यताले गयो ज्यान ! -
Comments Add Comment

बिदेसीनुपर्ने बाध्यताले गयो ज्यान !

१८ कात्तिक, काठमाडौं । उदयपुरका विवेक दाहाल सन २००६ मा रोजगारीका लागि साउदी अरब पुगेका थिए । मरुभूमीमा उँट हेर्ने काममा लागेका दाहाल एकजना आफन्तको हत्या र कतारी नागरिकको आँखा फुटाएपछि साउदीको जुबेलस्थित कारागारमा बन्दी जीवन बिताइरहेका थिए । उनको मुद्वा अगाडि बढीरहेको थियो। उनलाई १५ वर्षपछि साउदीको सर्वोच्च अदालतले मृत्युदन्डको सजाए सुनायो र गत कार्तिक ६ गते जुबेलस्थित कारागार भित्र साउदी सरकारले मृत्युदन्ड दियो । मृत्युदन्ड दिएको ४८ घन्टापछि मात्र साउदीको लागि नेपाली राजदुत नवराज सुबेदीलाई खवर पुग्यो । नेपाल सरकारको बारम्बारको आग्रहलाई इन्कार गरेर साउदीअरब सरकारले आखिर मृत्युदन्डको सजाए दिएरै छोड्यो ।

तसर्थ , प्रजातन्त्र आएको पनि आज कयौं वर्ष भइसक्यो । गणतान्त्रिक नेपालको दोश्रो संघ तथा प्रदेशको चुनाव पनि नजिक आउंदैछ । यही अवधिमा हिजो मात्र सरकारले विभिन्न देशमा प्राय: नेताहरुका आफन्तहरुलाई राजदूतमा छानेको छ । सत्ता र शक्ति आफन्तवादको वरिपरि रुमलिइ रहने यो देशमा ब्यबस्था धेरै परिवर्तन भयो तर जनताको अवस्था अझै नाजुक अवस्थामा छ । प्राय: दलहरुले चुनावी वाचापत्रको घोषणा गरिसके । सिमीत दलहरुका जनतासँग केही सरोकारका विषयवाहेक खासै उपलब्धिमुलक वाचापत्र अझै देखिएनन । शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी जनताको पहिलो प्राथामिकता हो । तर यहाँ चुनावताका आश्वासनका पोकाहरु बाँडिन्छन , पछि सरकारमा गएपछि आफू, आफन्त, पार्टी र अलि अलि बिलो देश र जनताको लागि पन्छाइदिने प्रवृत्तिले वाक्क दिक्क भएर आज विवेक दाहालजस्ता कयौं युवाहरु बिदेशीन बाध्य छन । तैपनि मृत्युदन्डको सजाएमा परेर आफन्तले मुखसमेत हेर्ने अवस्था रहेन । प्रशस्त रोजगारीका अवसरहरु नेपालमै भइदिएको भए आज किन खाडी मुलुकमा जान बाध्य हुन्थे र ती युवाहरु । सर्वप्रथम, देश बिकास नहुनुमा दलका नेताहरुमा नैतिकताको खडेरी र जनतामा विवेकको कमीले हो ।

जनताले नेतालाई चुनाव नआइन्जेल पर्ख भन्छन , जब चुनाव आयो आफ्नो विवेकलाई बन्दकीमा राखी मनी र मसलको पछि लाग्छन । आखिर, गरिब मुलुकका धनी नेताले चाहेको पनि त्यही नै हो । जसरी हुन्छ जनतालाई भेडा बनाउने र सत्तामा जाने , समाजवादको नारा लगाउने , त्यसपछि राज्यको ढुकुटीको दोहन गरी सात पूस्तालाई पुग्ने गरी कमाउने । यसरी खराव नीतिमा नैतिकता नै दोहन भएपछि देश र जनताको हित कसरी हुन्छ ? अनि भएको युवा जनशक्ति पनि बिदेशीनु पर्ने बाध्यता आइलाग्दैन त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds