Comments Add Comment

लुम्बिनी विकास बैंकद्धारा बसपार्कलाई टिभी हस्तान्तरण

२० कात्तिक, काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिदुर नगरपालिकाको अनुरोधमा नुवाकोटको बट्टार बसपार्कमा राख्नका लागि शाखा कार्यालय बट्टारमार्फत शाखा प्रमुख विश्वम्भरमानसिंह डंगोलले बिदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठलाई ४३ इन्चको रंगिन टेलिभिजन र डिस होम एक थान प्रदान गरेका छन् ।

यात्रुहरुको प्रतिक्षारत समयमा मनोरञ्जन प्रदान गर्ने मनसायले सो सामान हस्तान्तरण गरेकामा नगरप्रमुख श्रेष्ठले लुम्बिनी विकास बैंकलाई धन्यवाद व्यक्त गरे । कार्यक्रम युवा नेता निलमबाबु ढुंगेल, समाजसेवी बद्री त्रिपाठी, सुरक्षाकर्मी, पत्रकारलगायत बैंकका बट्टार शाखा प्रमुख डंगोल तथा देबीघाट शाखा प्रमुख रमेशकुमार नेपाललगायत व्यक्ति उपस्थिति थियो ।

लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखा सञ्चालनमा छन् भने निकट भविष्यमा उपत्यकामा थप तीन शाखा जसमा काठमाडौंको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने प्रक्रियामा छ ।

बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिकरुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै