चुनावी रमझमसँगै बेलाको बोली ! -
Comments Add Comment

चुनावी रमझमसँगै बेलाको बोली !

२१ कात्तिक, काठमाडौं । ” हंसीया, हथौडा र कलम बोक्ने मजदुर र बुद्विजीवीले रुखको छहारीमा बसेर आनन्दले भोट हालौं, नत्र घामले सताइसक्यो ” डा बाबुराम भट्टराई ।

” लिम्पियाधुरा, लिपुलेक, कालापानी केपीले भन्दैमा आउने हो र ? त्यो त भारतकै हो, केपी त सीमामा बन्दुक लिएर लड्न जानू नि ” सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा डंडेलधुराबाट ।

” आफ्नो गाउँपालिका आउँदा हेलिकप्टरमा आउन सक्नेलाई मात्र भोट दिनुहोस ” आर्जु राणा ” चुच्चे नक्सा बराबरको जमीन हामी फिर्ता ल्याएरै छाड्छौं ।” एमाले अध्यक्ष केपी ओली ।

” एमालेले जित्यो भने हाम्ले देश छोडेर भाग्नुपर्छ” नेकपा एस नेता माधव नेपाल ।

” गठबन्धनबाट आश देखाए, त्यो भअर बुढेसकालमा उमेदवारी दिएं ” चित्रबहादुर केसी ।

” यो मेरो अन्तिम चुनाव हो, जिताइदिनुहोस ” रामचन्द्र पौडेल ।

अहिले चुनावी माहोल निकै तातिएको छ । एक पार्टीका नेताले अर्का पार्टीका नेतालाई आरोप प्रत्यारोप लगाइरहेका छन । सत्तामा तीसौं वर्ष हालीमुहाली गरेका दलहरु पनि कुनै एउटा अमुक ब्यक्तिको नाममा गालीगलौजका शब्दहरु प्रयोग गरी हामी भइदिएको भए के के न बिकास गर्थ्यौं भन्दै जनताको दिमागमा भ्रमको खेती छरिरहेका छन ।

उता स्वतन्त्र उमेदवार हुँ भन्नेलाई पनि आफ्नो लोकपृयता वर्णन गर्न सजिलो भएको छ । खास त, राष्ट्र र राष्ट्रियता नै सवभन्दा ठूलो कुरा हो । राष्ट्र रहे न हामी नेपाली हौं भन्ने गर्भ गर्ने ठाउँ रहन्छ । यदि राष्ट्रको अस्तित्वमा आंच आउँने कुनैपनि कार्य कुनैपनि दलहरुबाट भएको छ भने त्यो सर्व स्वीकार्य हुनै सक्दैन । संविधान त समय र जनताको माग अनुसार अर्थात परिस्थिति अनुसार परिवर्तन गर्दै जान सकिने कुरा हो ।

तर, जल, जमिन, जंगल, जडिबुटी, खानी आदिमा बिदेशी दलालहरुको गिद्दे दृष्टि पर्नु र केही दलहरुको सत्ता स्वार्थको कारणले बिदेशी नेताहरुको पाउ पर्नुले नेपाली जनतामा राष्ट्रियताको मामलामा अझै केही दलप्रति शंकाको कालो बादल मडारिइरहेको छ । नागरिकता बिधेयक पास हुन्छ कि भनी कयौं भारतीयहरु क्यु लागेर बसेका थिए र नेपालमा भिड लाग्ने निश्चित प्राय: थियो ।

एमसीसीको परियोजना अगाडि बढाउंदै छन तर आन्तरिक समन्वयमा भएका गडबडीमा कुनै कुराको गुन्जायसै छैन । तसर्थ अवको परिक्षामा होमिएका दलका नेताहरुलाई पास र फेल कति हदसम्म गराउने हो त्यसको जिम्मा जनताको मन मष्तिष्कमा कैद भएकै छ । नतीजा मंसीर ४ पछि हेरौंला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds