Comments Add Comment

Advertisment

SKIP THIS

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

२८ कात्तिक , काठमाडौ । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक सय रूपैयाँले घट्दै ९७ हजार २ सय रूपैयाँमा झरेको छ भने चाँदीको मूल्य ५ रूपैयाँले घट्दै एक हजार २९५ रूपैयाँमा झरेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रति तोला ९७ हजार ३ सय रूपैयाँ र चाँदी एक हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक सय रूपैयाँले नै घट्दै ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment