Comments Add Comment

Advertisment

SKIP THIS

रवि लामिछाने भारी मतले विजयी

८ मंसिर , काठमाडौँ । चितवन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतनत्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई २८ हजार ३१२ मतले पछि पाार्दै लामिछाने विजयी भएका हुन् ।

लामिछानेले ४२ हजार २४१ मत प्राप्त गर्दा श्रेष्ठले १३ हजार ९२९ मत पाएका छन् । राज्यमन्त्री समेत रहेका श्रेष्ठ सत्ता गठबन्धको समर्थनसहित निर्वाचनमा हाेमिएका हुन् । पत्रकारिता पेशा छाडेर पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा होमिएका लामिछानेले अप्रत्यासित मत पाएका हुन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १३ हजार ३०८ मत प्राप्त गर्दै तेस्रो भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै