Comments Add Comment

Advertisment

SKIP THIS

महेश बस्नेतको उच्च राजनीतिक संस्कार: दुर्लभ थापाको निवासमै गएर दिए बधाई

८ मंसिर , काठमाडौँ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले उच्च राजनीतिक संस्कार देखाउनुभएको छ ।

आइतवार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार तथा कांग्रेसका जिल्ला सभापति दुर्लभ थापालाई नीजि निवासमा नै पुगी नेता बस्नेतले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ । आज विहान सम्पन्न मतगणनामा थापाले नेता बस्नेतलाई पराजित गर्नुभएको थियो । पाँच दलीय गठबन्धनको तर्फबाट थापाले रुख चिन्हबाट २४ हजार दुई सय ३९ मत ल्याई विजयी हुनुभएको थियो भने नेता बस्नेतले एमालेको तर्फबाट कसैसँग गठबन्धन नगरी एक्लै २३ हजार दुई सय ८२ मता ल्याई पराजित हुनुभएको थियो ।

बधाई तथा शुभकामना दिँदै नेता बस्नेतले भन्नुभयो, ‘भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित सांसद दुर्लभ थापा जीलाई हार्दिक बधाई । । राजनीतिमा प्रतिस्पर्धा र विकासमा एैक्यबद्दता भन्ने अभियान अगाडी बढाउनु होला सधैं साथ रहनेछ । यो निर्वाचनमा हाम्रो पार्टीको परिणाम अनुकुल नभए पनि आम मतदाता, कार्यकर्ता र जनसमुदायमा हार्दिक आभार प्रकट गर्दछु । लोकतान्त्रिक पद्दतिमा निर्वाचन जनताको अधिकार उपयोग गर्ने सुवर्ण अवसर हो । हार जित स्वभाविक प्रक्रिया हो । हामी हार्दा पनि जित्दा पनि जनताको सुख दुखमा सदैव साथमा हुनेछौं । हार्न तयार, हार खान तयार छैन एमाले र महेश बस्नेत । धन्यवाद ।’ बधाई तथा शुभकामना दिन नेता बस्नेतको साथमा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत लगायतको टोली थापा निवासमा नै गएको थियो ।

त्यस्तै प्रदेशसभा ‘क’मा भने गठबन्धनका साझा उम्मेदवार विष्णुराज कार्कीलाई एमालेका उममेदवरा किरण थापाले हराउनुभएको छ । थापाले १५ हजार एक सय १८ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी कार्कीले ११ हजार ९ सय ३३ मत प्राप्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै