९ मसिर , काठमाडौं । मोरङको प्रतिनिधिसभा क्षेत्र नम्बर ६ बाट नेपालीं कांग्रेसका नेता डाक्टर शेखर कोइराला निर्वाचित भएका छन् । नेकपा एमालेका लालबाबु पण्डितलाई हराउँदै कोइराला निर्वाचित भएका हुन् ।
कोइरालाले ३५ हजार २१८ मत प्राप्त गरेका थिए भने एमालेका पण्डितले २२ हजार ९३२ मत प्राप्त गरेका छन् । कोइराला र पण्डितबीचको मतान्तर १२ हजार २८६ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानले ९५७१ मत पाएका छन् । राप्रपा उम्मेदवार गोपाल क्षेत्रीले ८८२९ मत पाएका छन् ।





