Comments Add Comment

Advertisment

SKIP THIS

कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

९ मसिर , काठमाडौं । कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । मकवानपुरको थाहा नगरपालिका ( १२ गैरीगाउँ बस्ने ८९ वर्षीय आइत सिंह स्याङ्तानको कोदालोको बिडले प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय टाइसन गोलेलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

एक आपसमा विवाद हुँदा टाइसनले कोदालोको बिडले हान्दा स्याङ्तान गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले टाइसनलाई पक्राउ गरेको हो । यससम्बन्धमा थप अनुसन्धान भइरहेकोसमेत प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment