Comments Add Comment

Advertisment

SKIP THIS

तेह्रथुमबाट कांग्रेसकी गुरुङ विजयी

१० मंसिर , काठमाडौँ । तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ विजयी भएकी छिन् । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा गुरूङले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजय सुब्बालाई पराजित गरेकी हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार विजयी हुनुभएकी कांग्रेसकी गुरुङले १९ हजार सात सय दुई मत प्राप्त गरिन् । एमालेका उम्मेदवार सुब्बाले १८ हजार छ सय २३ मत ल्याए । दुवै जनाबीच एक हजार ७९ मतान्तर रहेको छ ।

यसअघि गुरुङ २०७४ सालको निर्वाचनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतान्तरले पराजित भएका थिए । गुरुङ दोस्रो प्रयासमा विजयी भएकी हुन्। खापुङले भने यसपटक टिकट पाएनन्।

एमाले उम्मेदवार सुब्बा २०४८ र २०५६ सालको निर्वाचनमा निर्वाचित भएका थिए । विसं २०७४ सालको स्थानीय तह चुनावमा पाँच पालिका जितेको एमालेले गत वैशाखमा सम्पन्न पालिका चुनावमा भने तीन पालिका मात्रै जितेको छ । कुल ७१ हजार नौ सय ३३ मतदाता रहेका जिल्लामा ४१ हजार एक सय ८० जनाले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै