Comments Add Comment

Advertisment

SKIP THIS

कार्कीभन्दा १,८२८ मतले सिवाकोटी अगाडि

१८ मंसिर , काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दोलखामा हालसम्म ३९ हजार ३८९ मत गणना हुँदा नेकपा एमालेका बालकृष्ण सिवाकोटीले १७ हजार ५२८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले १५ हजार ७०० मत प्राप्त गरेका छन्। उनीहरुबीच एक हजार ८२८ मतान्तर छ।

दोलखाको प्रदेशसभा–१ मा ३३ हजार ३१६ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १७ हजार ४३० मत तथा एमालेका नरबहादुर श्रेष्ठले १२ हजार ४९७ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा–२ मा ४२ हजार १५४ मतगणना हुँदा एमालेका भरत केसीले १९ हजार ४१४ मत ल्याएर अग्रता लिएको छ भने कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मतका साथ पछ्याइरहेका छन्।

दोलखामा कुल ८५ हजार तीन सय ८८ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै