नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्टबीच एकीकृत कारोबार सुरु -
Comments Add Comment

नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्टबीच एकीकृत कारोबार सुरु

१ पुष , काठमाडौँ । नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच एक आपसमा गाभिएर शुक्रबारदेखि एकीकृत कारोबारको घोषणा गरिएको छ ।

दुवै संस्थाबीच गत भदौ २१ मा संयुक्त मर्जर कमिटी गठन गरिएको थियो । यसैगरी मंसिर १८ मा दुवै संस्थाले आ–आफ्नो विशेष साधारण सभा गरी एक आपसमा गाभ्ने गाभिने सम्बन्धी एजेन्डा पारित गरेका थिए । आजको घोषणा सभामा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना लगायत बैंकका उपप्रमुख कार्यकारी अधिकृत तथा साविक नेपाल बंगलादेश क्यापिटलका सचालक र नबिल ईन्भेष्टका संचालकहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds