Comments Add Comment

Advertisment

SKIP THIS

प्रचण्डलाई भट्टराई दम्पतीको बधाइ

११ पुष , काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई दम्पतीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारै पुगेर बधाई दिएका छन्।

आज बिहान प्रचण्डलाई बधाइ दिन उनको निवास खुमलटार पुगेका भट्टराईले भेटपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत सहकार्यको अपिल पनि गरेका छन्। उनले लेखेका छन्, ‘क. प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नु भएकोमा हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना । क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धिहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौँ।’

हालै सम्पन्न निर्वाचनमा भट्टराई नेतृत्वको समाजवादी र माओवादी केन्द्रले चुनावी तालमेल गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै