Comments Add Comment

Advertisment

SKIP THIS

बालुवाटार छाड्न भाडाको घर खोज्दै देउवा

१२ पुष , काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारी निवास छाड्न भाडाको घरको खोजिमा छन् ।

आइतबार नेकपा मओवादी केन्द्रका अध्यक्ष पपुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेसहित सात दल र केही स्वतन्त्र सांसदको सर्थनमा प्रधानमन्त्री नियुक्त भएसँगै निवर्तमान बनेका देउवाले सरकारी निवास छाड्दै छन् ।

बूढानीलकण्ठस्थित देउवा निवास मर्मत कार्य चलिरहेकाले भाडाको घर खोजिरहेको देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । उक्त घर मर्मत गर्न करिब ४ महिना लाग्ने देखिएको उनले बताए । भाडाको घर खोज्ने कार्य जारी रहेको र भेटिएलगत्तै सरकार निवास छाडिने परियारले जानकारी दिए ।

आकस्मिक रुपमा सत्ता गठबन्धन टुटेसँगै प्रतिपक्षमा पुगेका देउवा प्रधानमन्त्री पद गुमाउँदै सरकारी निवास बालुवाटार छाड्नुपर्ने अवस्थामा पुगेका हुन् । निर्वाचनबाट पहिलो पार्टी बनेको कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुबै पदको दाबी नछाडेपछि अन्तिम समयमा आएर माओवादीले एमालेसँग सहकार्य गरेको थियो । जसका कारण अप्रत्यासित रुपमा कांग्रेस सत्ताबाहिर पुगेको हो ।

यता प्रधानमन्त्रीमा नियुक्तलगत्तै सरकारी निवास बालुवाटार सर्नपर्ने भएपनि खाली नहुँदा प्रधानमन्त्री प्रचण्ड खुमलटारमा रहेको नीजि निवासमै बसेका छन् । जसले गर्दा प्रचण्डलाई बधाई दिन पुगेकाहरुको भीड बढेको छ । सोमबार ४४औं प्रधानमन्त्रीको रुपमा शपथ लिएका प्रचण्डलाई मंगलबार बिहानैदेखि खुमलटारमा भेट्न पुग्नेहरुको चाप बढेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै