Comments Add Comment

Advertisment

SKIP THIS

दोस्रो दिनपनि नेप्से ६० अंकले वृद्धि

१२ पुष , काठमाडौं । मंगलबार पनि सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । प्रचण्ड नेतृत्वको नयाँ सरकार गठनभए लगत्तै सोमबार ५६ अंकले बढेको नेप्सेमा पुनः दोस्रो दिन ५९.८७ अंकको वृद्धि भएको हो ।

योसँगै दुई दिनमा नै ११५ अंकमाथिले बढ्दै नेप्से सूचक १९ सय ८३ विन्दुमा उक्लिएको छ । उसो त लामो समयपछि आज ३ अर्ब माथिको कारोबार हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार झण्डै ६० अंकले नेप्से बढेको यसदिन ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर कारोबार भएको छ ।

१३ वटै उपसूचक १.४ प्रतिशतदेखि ४.६८ प्रतिशतले बढ्दा ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लोगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै