१६ पुष , काठमाडौं । बुटवलको अस्पताल लाईनमा बलेरो पिकअप जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ ज ६३६७ नम्बरको बलेरो पिकअप जिप शुक्रबार राति दुर्घटना हुँदा प्युठानको गौमुखी गाउँपालिका वडा नं १ का २८ वर्षिय रोशन गिरीको मृत्यु भएको हो ।
उक्त जिप अनियन्त्रीत भई पल्टिदा भएको दुर्घटनामा परि सोही स्थानका २९ वर्षिय सुरेश तामाङ र मिन बहादुर तामाङ घाईते भएका छन् । घाईते मध्ये सुरेश तामाङको अवस्था गम्भीर रहेको छ ।
प्रहरीका अनुसार तिव्र गतिमा सडकको बायाँ साईडबाट गुडिरहेको उक्त जिप सडकको मध्य भागमा रहेको पर्खाल र बार नाघेर विपरित दिशामा पुगेको थियो । सडकको एउटा किनारबाट अर्को किनारमा पुगेको उक्त जिपले ठक्कर दिँदा सडक किनारमा रहेको बिजुलीको पोल समेत भाच्चिएको प्रहरीले जनाएको छ।



