Comments Add Comment

Advertisment

SKIP THIS

भरुवा बन्दुक १ थान सहित तीन जना पक्राउ

२४ पुष , काठमाडौं । फेदीखोला गाउँपालिका-१ रामकोटबाट बाह्र बोरको एकनाले भरुवा बन्दुक १ थान र ४ राउन्ड गोली सहित सोही गाउँपालिका-१ उपल्लो कुडुले बस्ने ६१ वर्षीय हितकाजी गुरुङ लगायत तीन जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त बन्दुक बोकी शिकार खेल्न हिँडिरहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट मट्टीखानबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment