Comments Add Comment

Advertisment

SKIP THIS

आज प्रदेश १ मा बदली, बाँकी भू-भागमा मौसम सफा

१४ माघ , काठमाडौ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको तराईका भु-भागमा हुस्सु लागेको अवस्था छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश एकमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।

भोलि भने सुदुरपश्चिम र कर्णाली प्रदेशका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी दुई प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै