Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरका सडकमा जेब्रा क्रस नबन्दा बाटो काट्न यात्रीलाई जोखिम

१९ माघ , काठमाडौ । ललितपुरका मुख्य सडकमा जेब्रा क्रस नहुँदा यात्रीहरुले सास्ती पाएका छन् ।

भएका जेब्राक्रस पनि मेटिइँदा पनि सरोकारवाला निकायले ध्यान नदिएको भनेर पैदलयात्रीले गुनासो गरेका छन् । सडक कालेपत्रे गरेपछि पुनः पहिलेको स्थानमा जेब्राक्रस राख्नुपर्नेमा सडक डिभिजन कार्यालयले ढिलाई गरेका कारण यात्रुहरु जोखिमपूर्ण रुपमा बाटो काट्न बाध्य छन् ।

ललितपुरको कुपण्डोलदेखि सातदोबाटोसम्म विभिन्न खण्डका कालोपत्रे गरेपनि पहिलेको स्थानका जेब्रा क्रस बनाउने काम थालिएको छैन भने लगनखेल लगायतका क्षेत्रमा यसअघि भएका जेब्राक्रस मेटिइदा पनि राख्ने काम भएको छैन ।

जावलाखेलदेखि सातदोबाटो सडक खण्डमा ठाउँ ठाउँमा खानेपानी आयोजनाको पाइप लिक भएका कारण पानीले रंग बगाउने भएकोले जेब्रा क्रस नराखिएको सडक डिभिजन कार्यालय ललितपुरका प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए ।

कुपण्डोलदेखि जावलाखेलसम्मको सडक खण्डमा भने केहीदिनभित्र जेब्राक्रस राखिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment