Comments Add Comment

Advertisment

SKIP THIS

बाँकेको कोहलपुरबाट प्रहरीले लागुऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले बाँकेको कोहलपुरबाट लागुऔषध (खैरो हेरोइन) सहित ३ जनालाई पक्राउ गरेको छ । शनिबार बिहान साढे ३ बजे कोहलपुर नगरपालिका-१२ चप्परगौडी सडकखण्डबाट तीन जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले जानकारी दिए।

बर्दियाका २१ वर्षीय विशाल सिंह, २८ वर्षीय बिक्रम सिंह ठकुरी र बाँकेका १८ वर्षीय निर्जन ढकाल पक्राउ परेका छन्।

डिएसपी तिवारीका अनुसार विशालले लगाएको ज्याकेट र मलद्वारबाट ११५ ग्राम ७८० मिलिग्राम बरामद गरेको हो। निर्जनबाट २२० मिलिग्राम बरामद भएको हो।

उनीहरूले भे १३ प २७३ नम्बरको मोटरसाइकल चलाएर आएका थिए। सडकछेउमा फलफुल खरिद गर्न लागेका बेला प्रहरीले उनीहरूको शरीरमा तलासी लिएको डिएसपी तिवारीले बताए।

उनीहरूमाथि सोधपुछ गर्दा भारतबाट ल्याएको बताएका थिए। बिक्रम सिंह ठकुरीले पनि कोहलपुरसम्म लागु औषध ओसारपसार गरेको खुलेपछि उनलाई पनि पक्राउ गरेको डिएसपी तिवारीले जानकारी दिए।

उनीहरू तीनै जनामाथि प्रहरीले अनुसन्धान अघि बढाएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै