Comments Add Comment

Advertisment

SKIP THIS

बाँके प्रहरीले नेपालगन्ज विमानस्थलबाट ब्राउनसुगर सहित १ जना युवक पक्राउ

२ बैशाख ,काठमाडौ । नयाँ वर्षका दिन नेपालगन्ज विमानस्थलबाट श्री एरलायन्सको उडानबाट काठमाडौँ जाँदै गरेका कैलालीको घोडाघोडी नगरपालिका–२ बस्ने २२ वर्षीय अमुल क्षत्रीलाई ४५ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिएका छन्

नयाँ वर्षको बिहान साढे ९ बजेको श्री एयरलाइन्सको फ्लाइटबाट काठमाडौं जाँदै गरेका क्षत्रीलाई विमानस्थल प्रहरीले शंका लागेर चेकजाँच गर्दा त्यति ठुलो परिमाणमा ब्राउनसुगर बरामद गरेको हो।

क्षत्रीलाई प्रहरीले हिरासतमा लिएर लागूऔषध कसुरमा अनुसन्धान गरिरहेको बाँके प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै