Comments Add Comment

Advertisment

SKIP THIS

गृहसचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्त कुँवरबीच कार्यसम्पादन सम्झौता

काठमाडौं : गृह मन्त्रालयका सचिव दिनेश भट्टराई र नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरबीच कार्यसम्पादन सम्झौता भएको छ।

गृह मन्त्रालयमा शुक्रबार आयोजित समारोहमा गृहसचिव भट्टराई र प्रहरी महानिरीक्षक कुँवरले कार्यसम्पादन सम्झौतामा हस्ताक्षरका साथै सम्झौता आदानप्रदानसमेत गरेका छन्।

उक्त अवसरमा गृहसचिव भट्टराईले कार्यसम्पादन सम्झौताका विषयहरूले समग्रमा शान्तिसुरक्षा, सेवा प्रवाह, विकास निर्माण र सुशासनलगायत गृह मन्त्रालयका सम्पूर्ण जिम्मेवारीहरू प्रतिबिम्बित गरेको उल्लेख गरे।

सम्झौता कार्यान्वयन गर्ने क्रममा गृह मन्त्रालयको नेतृत्वको तर्फबाट हुने सहजीकरण, नीतिगत मार्गनिर्देशनका साथै आवश्यक पर्ने स्रोत साधनको परिचालनमा समेत मन्त्रालयको साथ सहयोग र उच्चस्तरको समन्वय हुने उनले बताए ।

सम्झौतामा उल्लेख भएका विषयहरू र सम्पादन गर्नुपर्ने कार्यहरू उचित तरिकाले सम्पादन गर्नेतर्फ सबैको आ-आफ्नो सम्पूर्ण प्रयास, चिन्तन, क्रियाशीलता एवं लगन उच्च हुने विश्वास उनले व्यक्त गरे।

नेपाल सरकार, गृह मन्त्रालयको कार्यक्षेत्रबमोजिमको कार्यसम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५ को नियम ११ बमोजिम गृहसचिव भट्टराई र प्रहरी महानिरीक्षक कुँवरबीच उक्त सम्झौता भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै