८ जेष्ठ , काठमाडौ । प्रहरीले क्याफे सञ्चालक रोशी–६ का २९ वर्षीय राधाकृष्ण मैनालीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उद्धार गरिएका किशोरीलाई हाल सुरक्षित राखी पुनःस्थापना केन्द्र पठाइने वा घर फर्काइने विषयमा थप अनुसन्धान तथा छलफल भइरहेको छ ।
पक्राउ परेका सबैलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिम कारबाहीको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलबाट पहिलो पटकलाई ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले न्युज24ग्यालेक्सीलाई जनाएको छ ।


