मिटरब्याजी रमानन्दको घर नेकपा कार्यकर्ताद्वारा कब्जा -
Comments Add Comment

मिटरब्याजी रमानन्दको घर नेकपा कार्यकर्ताद्वारा कब्जा

९ असार ,काठमाडौ । नेत्रविक्रम चल्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ५ मिलनचोकस्थित मिटरब्याजी रमानन्द बानियाँको घर कब्जामा गरेको छ । मिटरब्याजी पीडितको आग्रहमा स्थानीयसहितको उपस्थितिमा उनीहरुले बानियाँकोृ घर नियन्त्रणमा लिएको जनाएको छ ।

बानियाँले रुपन्देहीका डेढ सयभन्दा बढी किसानलाई न्युनतम ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर कपाली तमसुक, दृष्टिबन्दक गराएर किसानका करोडौं रकम ब्याजका नाममा ठगेको उजुरी परेको नेकपाको दावी छ ।

बानियाँले झण्डै ७६ जना किसानलाई ऋण दिँदा ५० प्रतिशत बढी ब्याजसमेत लगाएको विवरणमा सार्वजनिक गरिएको छ ।
भैरहवा, लुम्बिनी सांस्कृतिक र तिलोतमा नगरपालिका आसपासमा दर्जनौं किसान तथा साना व्यापारीलाई ऋण दिने बाहनामा मिटर ब्याजमार्फत करोडौं असुलेको पीडितले दावी गरेका छन् ।

बानियाँले भनेको मितिमा पैसा नदिएका ऋणीलाई अर्को कागज तयार पारी ऋण रकममा २५ देखि ५० प्रतिशत थपेर साँवा रकम बनाएको पीडितले बताएका छन् ।

बानियाँको ठगी धन्दाका बारेमा ६० भन्दा बढीले जिल्ला प्रशासन कार्यालय उजुरी दिएका छन् । ०७४ सालबाट पटकपटक उजुरी दिएपनि प्रशासनले वेवास्ता गरेकाले पीडितले विप्लव नेतृत्वको नेकपामा लिखित उजुरी दिएका थिए । नेकपामा उजुरीपछि पार्टीले पीडितसँग भएका प्रमाण र अनुसन्धानले बानियाँले किसानसँग करोडौं मिटर व्याजमार्फत असुली गरेको देखिएको बताइएको छ ।

बानियाँ घर कब्जापछि आयोजित सभामा नेकपामा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज सरद सी, जिल्ला सेक्रेटरी बिरेन्द्र सी, जिल्ला सचिवालय सदस्य शिशिर सीलगायतले सम्बोधन गरेका थिए । उनीहरुले मिटर ब्याजको नाममा बानियाँले सर्वसाधारण किसानसँग चर्को ब्याज असुलेर ठगी गरेको पाइएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment