Comments Add Comment

Advertisment

SKIP THIS

अनुभवी पाइलट चेतबहादुर गुरुङले उडाएका थिए मनाङ एयरको हेलिकप्टर

२६ असार , काठमाडौ । मङ्गलवार सवा १० बजेबाट सम्पर्क बिच्छेद भएको मनाङ एयर पाइलट चेतबहादुर गुरुङले चलाएका थिए । गुरुङ निकै अनुभवी पाइलट हुन् ।

उनी निकट स्रोतका अनुसार उनले सन १९९८ देखि उडान शुरु गरेका थिए । पछिल्लो १० वर्ष यता भने गुरुङ मनाङ एयरमा आबद्ध थिए । उनी ५४ वर्ष भएको जनाइएको छ ।

नाइनएनएरएमभी कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लामजुरामा दुर्घटना भएको छ ।

सोलुदूधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लाम्जुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले नेपाल प्रेसलाई बताए ।

अल्टिच्युट एयरमार्फत हेलिकप्टरको खोजी भइरहेको छ । हेलिकप्टरमा पाइलटसहित ६ जना यात्रु रहेका थिए ।

पाइलट मात्र नेपाली र बाँकी सबै मेक्सिकन नागरिक भएको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै