५ असोज, काठमाडौ । ललितपुरको महालक्ष्मीमा स्थानीय प्रशासन र जनप्रतिनिधीको मिलोमतोमा ललितपुर महालक्ष्मी-१० स्थित लाकुरी भञ्ज्याङ्मो बाटो निर्माणको क्रममा राष्ट्रिय गौरवको आयोजनाका लागि भनेर माटो उत्खनन् गरेको छ ।

यसरी बाटोको माटो अबैध रुपमा उत्खनन् हुँदा समेत नियमन निकाय भने आँखामा पट्टी बाँधेर बसेका छन् । हालसालै लाकुरी भञ्ज्याङ्मो बाटो निर्माणको काम गर्नका लागी मर्हजन निर्माण सेवालाई दिइएको छ तर मर्हजन निर्माण सेवालाई बाटो निर्माणका लागी दिइरहदा बाटोका ठेगदारले सोहिठाउमा प्रयोग हुने माटो एर्यपोर्टका दलाललाई नै माटो बिक्री गरेको जानकारी आएको छ । यसरी उत्खनन्को काम भइरदा नियम अनुसार भएको छ की छैन भनेर बेलाबेलामा स्थानीय तह,जिल्ला समन्वय समिती र जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्नुपर्छ तर ठेकेदारको प्रलोभनमा परेर हालसम्म कुनैपनि निकायले अनुगमन नगरेको जानकारी आएको छ ।
प्रशासनले अनुमगन गरे अबैध ठहर्ने र उत्खनन् नै बन्द गरी ठेकेदारलाई कार्वाही गर्नुपर्ने भएकाले नियमन निकायले अनुगन नै नगरेको स्थानीयको भनाई छ । सिडिओ, जिल्ला समन्वय समिती ,नगरपालिकाका प्रमुख हरिगोबिन्द श्रेष्ठ साथै महालक्ष्मी -१० का वडा अध्यक्ष विजय लामा सहित वडा सदस्यहरु बिरमान तामाङ र राजेन्द्र बिष्ट नै ठेकेदारसँग मिलेको स्थानीयहरुले बताए ।
जथाभावी उत्खनन गर्दा बाटोमा ठूला खाडल परेका छन् साथै ती खाडल पशुचौपाया बर्खामा डुब्ने गरेका छन । अहिले उत्खनन गरेर खाडल पारिन्छ । बर्षामा पांगो माटो जम्मा हुन्छ र दलदल बन्छ । स्थानीयका अनुसार अब यी खाल्डामा मान्छे डुब्ने खतरा छ । वडाको अध्यक्ष विजय लामालाई ठेकेदारले मोटो रकम बुझाएर जथाभावी उत्खनन् गरेको स्थानीयको आरोप छ । ‘हामीले अबैध उत्खखन् गर्नेलाई कावार्ही गनुप¥यो भनेर सिडिओ र गाउँपालिका अध्यक्षलाई धेरैपटक फोन ग¥यौँ ।’स्थानीयले भने,‘ तर,सबैबाट हुन्छ भन्ने मात्रै भयो । कुनै कावार्ही भएन ।’
अबैध उत्खनन्को बिरोध गर्दा आफूहरु असुरक्षित भएको हो कि भन्ने समेत स्थानीयको भनाई छ । बिरोध गरे जेपनि हुन सक्ने भन्दै ठेकेदारहरुले धम्की समेत दिने गरेको बताए । ठेकेदारले आफूहरुले सबैलाई किनेकाले कसैले पनि उत्खनन् रोक्न नसक्ने भन्दै ठेकेदारले बिरोध नगर्न चेतावनी दिने गरेको उनको भनाई छ ।

कुनै राष्ट्रिय गौरवका आयोजना भए त्यहाँ काम गर्दा समेत स्थानीय प्रशासको अनुमती लिनुपर्छ । ठेकेदारले बाटो कटिङको माटो ओसारपसार गरिरहेका छन । स्थानीयले अबैध माटो उत्खनन् रोक्न भनेर प्रशासलाई जानकारी गराउँदा कुनै सुनुवाई नभएको स्थानीयको गुनासो छ ।
सार्वजनिक माटो अबैध रुपमा उत्खनन् हुँदा समेत प्रहरीले रोक्ने प्रयास सम्म गरेको छैन । अवैध उत्खनन्ले माटो रहेको नम्बरी जग्गा नै जोखिममा परेको स्थानीयहरुको भनाई छ ।




