Comments Add Comment

Advertisment

SKIP THIS

विवेकहीनताले निम्त्याएको खडेरी !

३१ असार , काठमाडौ । राजनीति भनेको एउटा अघोषित रुपमा बग्ने तुफान र बहाव मात्र हो ! त्यो बहावको बेगमा छालसंगै घुर्मुरिएर , लर्वरिएर यात्रा गर्ने यात्रीहरुको दृष्टान्त तवमात्र संवेदनामा परिणत हुन्छ तब उनीहरुले जीवन, जगत बुझ्छन !

पश्चिमाहरुको सांस्कृत्तिक साम्राज्यवादको चपेटामा परेको हाम्रोजस्तो अविकसित देशका राजनीतिक नेताहरु जवसम्म राष्ट्र, राष्टृयता, शासन र सत्ताकोबारेमा जानकार हुंदाहुंदै पनि अबुझ भएर सत्ताकै लागि मरिमेट्छन, आफू, आफन्त र आफ्नाहरुप्रति नै मरिमेट्छन भने तिनीहरुबाट जनताले बिकास र समृद्दिको अपेक्षा नगरे पनि हुन्छ । आखिर दुखमा मिल्नु रहेछ त फेरि त्यो सिराह सप्तरीको जिप्रकामा तरकारी किन्न लाइनमा बसेजस्तो बिदेशीहरुको नागरिकता लिने लाइनको भीड कसले निम्त्यायो ?

सत्ताले ?या भागबन्डाले रु आज सुस्ता, कालापानी, लिम्पियाधुरा , लिपुलेक रोइरहेका छन ! सीमानाका जंगे पिलरको होसहवासै उडेको छ ! पुर्व मेची बगर त्यसै रुमलिएको छ । उसको दादागिरी कति हो कति ! यता भ्रष्टाचारले आक्रान्त छ मुलुक ! असार महिनाको कर्मकान्डबाट करिब २ खर्ब सकियो ।

के काम नसकिए बजेट फृज गर्न नमिल्ने हो ? सडक निर्माणको दसा हेर्ने हो भने आज पीच , दुई दिनपछि रोटीको पाप्रा उक्किएजस्तो पिच । हो, बिना स्वार्थ यस्ता बिकास र राष्टृयताको मामलामा पनि किन एक हुन सकिन्न ? यो सव विवेकहीनताले निम्त्याएको खडेरीबाहेक अरु के हुन सक्छ ?

आज हरेक सचेत नागरिकहरुको आवाज यसरी नै गुन्जिराखेको छ ! (खिमराज गिरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

भ्रष्टाचारको दुष्चक्रः दोषी को ?

दशैं पर्वको महत्वसँगै विकृत्ति पनि

सुधार गर्न नसकिएको शिक्षा क्षेत्र !

सबै जना सजग हुनु जरुरी छ !

Advertisment

छुटाउनुभयो कि? सबै