Comments Add Comment

Advertisment

SKIP THIS

नेपालसँगको आपसी सम्बन्ध र सहकार्यबारे राष्ट्रपति सीसँग खुलेर कुरा गरेँ: प्रधानमन्त्री प्रचण्ड

७ असोज , काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको छलफलपछि नेपाल चीन सम्बन्ध थप उचाइमा पुगेको विश्वास व्यक्त गरेका छन्।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री नेपाली राजदूत बिष्णु पुकार श्रेष्ठ तथा दुतावास परिवारद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै नेपाल र चीनबीचको सम्बन्ध सदिऔं पुरानो भएको उल्लेख गर्दै निरन्तर विकशित हुँदै गएको बताए।

उनले भने, ‘थुप्रै राजनीतिक परिवर्तनहरु अन्तर्राष्ट्रिय क्षेत्रमा आएपनि नेपाल चीनको सम्बन्धको गहिरालाई त्यसले केही फरक पारेको छैन। हिजो मेरो राष्ट्रपति सी चिनफिङलगायत चिनियाँ सरकार नेताहरुसँग हामीले खुलेर छलफल गर्यौं आपसी सम्बन्ध र सहकार्य गर्ने बिषयमा अझ बलियो बनाउने बिषयमा हामीले कुरा गरेका छौं।’

हिजोको छलफलले नेपालको विकासको लागि राम्रो विश्वासको वातावरण बनेको बताउँदै भ्रमणपछि दुई देशको सम्बन्ध अझ बलियो हुने जिकिर गरे।उनले संविधान जारीपछि अब नेपालको ध्यान आर्थिक समृद्धितर्फ केन्द्रित भएको बताए।

उनले भने, ‘नेपालको ध्यान स्वाभावैले समृद्धि र आर्थिक विकासतिर केन्द्रित हुन्छ। हामीलाई गर्व छ हाम्रा दुई छिमेकी चीन र भारत विकासको नयाँ गति र उचाईमा अगाडि बढेका छन्। दुई छिमेकीहरुको विकासबाट नेपाल लाभान्वित हुनैपर्छ। नेपाल लाभ लिन सकेन भने राम्रो कुरा हुँदैन। देशलाई आर्थिक समृद्धितिर देशलाई लैजान्छु भन्ने प्रधानमन्त्रीको शपथ लिएदेखि नै भनिरहेको छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment