काठमाडौँ । नुवाकोटको विदुर नगरपालिकाबाट प्रहरीले २१ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । जुवा खालबाट कौडा सेटसहित ६ लाख ११ हजार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नुवकोटले जनाएको छ ।
विदुरस्थित नर्थभ्यु होटलमा गएराति छापा मारेर प्रहरीले जुवाडेहरुलाई नियन्त्रणमा लिएको हो । जुवा खालबाट पक्राउ पर्नेमा बिदुर नगरपालिका–९ घर भएका २९ वर्षीय सुजन श्रेष्ठ, ४२ वर्षीय राजेश श्रेष्ठ, ३६ वर्षीय रविन श्रेष्ठ, ३६ वर्षीय दिपेश श्रेष्ठ, विदुर नगरपालिका–२ घर भएका ३४ वर्षीय लक्ष्मण अधिकारी, ४५ वर्षका होमप्रसाद अधिकारी, ३६ वर्षीय रमेश अधिकारी, ४२ वर्षीय कृष्ण अधिकारी र ४० वर्षीय पवनमान श्रेष्ठ छन् ।
विदुर नगरपालिका वडा नम्बर–४ घर भएका मंगलदाश तामाङ, ४१ वर्षीय दिनेश श्रेष्ठ, ४० वर्षका विष्णुप्रसाद न्यौपाने, विदुर–१ घर भएका विष्णु न्यौपाने, विदुर–४ घर भएका २५ वर्षीय सरोज गिरी, ३६ वर्षीय रविन्द्र आचार्य, ४३ वर्षीय सफि खान, विदुर–२ घर भएका राधेश्याम डंगोल, विदुर–४ घर भएका महेश श्रेष्ठ, ईश्वरप्रसाद गुप्ता, वडा नम्बर–९ घर भएका रामहरि रिमाल र विदुर–६ घर भएका सालिकराम अर्याल पक्राउ परेका छन् ।


