Comments Add Comment

Advertisment

SKIP THIS

मधेश प्रदेश प्रहरी कार्यालय भवन निर्माणको मुख्यमन्त्री सरोज यादवद्वारा शिलान्यास

जनकपुरधाम: मधेश प्रदेश प्रहरी कार्यालयको आफ्नै भवन निर्माण प्रारम्भ भएको छ । जनकपुरधाम उपमहानगरपालिका स्थित साविक जनकपुर अंचल प्रहरी कार्यालयको परिसरमा भवन प्रदेश प्रहरीको भवन निर्माण आजदेखि प्रारम्भ भएको हो ।

भवनको मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले भूमिपूजन एवं शिलान्यास गरेका हुन् । शिलान्यास समारोहमा मधेशका गृह संचार तथा कानुन मन्त्री मो। समिम, प्रदेश प्रहरी प्रमुख डिआइजी जनकभट्टराई लगायको उपस्थिति रहेको थियो ।

मधेश सरकारको गृह, संचार तथा कानुन मन्त्रालयको २३ करोड भन्दा बढी बजेटमा भजनको निर्माण हुन लागेको हो । भवन निर्माणको लागि मधेश प्रदेश प्रहरी कार्यालय र शिवालय-सुबेदी जे.भि.काभ्रे बीच २ असोज २०८० सम्झौता भएको थियो ।

मूल्य अभिवृद्धिकर सहित २३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँ १५ पैसामा १८ महिनाभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो ।

बन्न लागेको चार तल्ले प्रशासनिक कार्यालय भवनमा प्रशासन महाशाखा, मानवश्रोत व्यवस्थापन महाशाखा, कार्य महाशाख, प्रदेश कार्यालय प्रमुख कार्यकक्ष, प्रदेश प्रमुखको सचिवालय, अपराध अनुसन्धान महाशाखा, साईवर ब्युरो लगायतको शाखा रहने कार्यालयले जनाएको छ । सो भवन लिफ्टसहितको सुविधा हुने छ ।

वि.स.२०७४ साउन ३२ मा स्थापाना भएको मधेश प्रदेश प्रहरी हाल जनकपुरधाम उपमहानगरपालिका ९ ब्रह्पुरी स्थित भाडाको घरमा कार्यालय संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै