Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरमा गोली चल्यो, एक जना लागूऔषध कारोबारी पक्राउ

ललितपुर । ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको एसपी रवीन्द्र रेग्मीले बताएका छन् ।

एसपी रेग्मीका अनुसार एकजना लागूऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भएका अविनाश राई रहेका छन् ।

उनको दाहिने खुट्टामा गोली लागेको छ । घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ ।

राईको साथबाट पेस्तोलसहित लागूऔषधसमेत बरामद गरिएको रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै