Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरमा १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ

काठमाडौं । भक्तपुरमा १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२ नुवाकोट स्थित इँटाभट्टामा काम गर्ने ४९ वर्षीय सोम बहादुर स्याङतान रहेका छन् ।

स्याङतानले ती किशोरीलाई सोही भट्टाको झ्याउलीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–५ पिखेलबाट पक्राउ गरेको हो।

त्यसैगरी झापा, १५ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका–६ बस्ने २३ वर्षीय दीपक बराइलीला प्रहरीले पक्राउ गरेको छ ।

कन्काई नगरपालिका–२ सुरुङगा बजारस्थित पेरिस होटल एण्ड लजमा गत मङ्सिर २५ गते बराइलीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै