Comments Add Comment

Advertisment

SKIP THIS

इमाडोलबाट खटिएको प्रहरीले प्रतिबन्धित औषधीसहित एक जनालाई पक्राउ

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–३ स्थित महर्जन चोकबाट प्रहरीले प्रतिबन्धित औषधीसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका २७ वर्षीय दिपेश जैसवाल छन् ।

उनको साथबाट प्रतिबन्धित औषधीहरू टेनाड ५ हजार ६ सय ट्याब्लेट, स्पासरेष्ट १ हजार ३ सय ट्याब्लेट, स्पास्मो ४ सय ट्याब्लेट, पीजीएबी ७५ एमजीको ६ सय ट्याब्लेट, पीजीएबी १०० एमजीको ७ सय ट्याब्लेट र स्पास्पेन ६ सय ५० ट्याब्लेट बरामद गरिएको छ ।

प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई उक्त प्रतिबन्धित औषधीहरूसहित पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै