Comments Add Comment

Advertisment

SKIP THIS

धनकुटाको भेडेटार चोकबाट ५ सय ९४ किलो गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ

काठमाडौं- धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट ५ सय ९४ किलो गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ-१ बस्ने ४४ वर्षीय नइम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय किशोर, भारत अररिया कलियागञ्ज बस्ने ७० वर्षीय लखन महत्तो र मोरङ रंगेली नगरपालिका-७ बस्ने ७० वर्षीय गयानन्द मण्डल रहेका छन्।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको को१ ख ७३२२ नम्बरको डिजेल/पेट्रोल बोक्ने ट्याङकरलाई जाँच गर्ने उक्त परिमाणको गाँजा फेला पारेको प्रहरीले जनाएको छ।

ट्याङकरको बीचको डिब्बा (केल) भित्र लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला पारी ट्याङकरमा सवार चारै जनालाई प्रहरीले पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै