जसपाका तीन नगर समिति पुनर्गठन -
Comments Add Comment

जसपाका तीन नगर समिति पुनर्गठन

६ फागुन , काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनवटा नगर समिति पुनर्गठन भएका छन् । शनिबार पुनर्गठन गरिएका नगर समितिहरुमा काठमाडौं महानगरपालिका, सर्लाहीको हरिपुर नगरपालिका र मोरङको रङ्गेली नगरपालिका रहेका छन् ।

पार्टीका राजनीतिक समिति सदस्य शोभा बज्राचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमबाट सुरज महर्जनको अध्यक्षतामा २९ सदस्यीय काठमाडौं महानगरपालिका समिति गठन भएको छ ।

त्यस्तै सन्तोष साह रौनियारको अध्यक्षतामा सर्लाहीको हरिपुर नगर समिति पुनर्गठन भएको छ । सो कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य पेशल ढकाल प्रमुख अतिथि रहेका थिए ।

त्यसैगरी पन्नालाल मण्डलको अध्यक्षता ३५ सदस्यीय रङ्गेली नगर समिति पुनर्गठन गरिएको छ । कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य जयराम यादव प्रमुख अतिथि रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै