सुनको सिक्री नदिएको भन्दै विवाह रद्द गरेको आरोपमा बेहुलासहित ६ जनालाई पर्सा प्रहरीले पक्राउ -
Comments Add Comment

Advertisment

SKIP THIS

सुनको सिक्री नदिएको भन्दै विवाह रद्द गरेको आरोपमा बेहुलासहित ६ जनालाई पर्सा प्रहरीले पक्राउ

काठमाडौँ । सुनको सिक्री दाइजो नदिएको निहुँमा विवाह रद्द गरेपछि वीरगन्जबाट प्रहरीले बेहुला सहित ६ जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–२४ स्थित रानिघाटबाट दुलाहा सहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी कुमार विक्रम थापाले रातोपाटीलाई बताए ।

सिक्री नपाएको भन्दै निहुँमा बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश शाहले मण्डबाट नै विवाह रद्द गर्ने घोषणा गरेका हुन् । उनले पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल शाहकी २४ वर्षीया छोरी रमिता कुमारीसँग विवाह गर्दै थिए । बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् । पीडित परिवारले बेहुला पक्ष विरुद्ध प्रहरीमा जाहेरी दिँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/sambandhit.php on line 3
Advertisment

छुटाउनुभयो कि? सबै


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/youhavemissed.php on line 3