Comments Add Comment

Advertisment

SKIP THIS

मास्कभित्र लुकाएको प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई प्रहरीले पक्राउ

सिराहा: सिराहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिका– १ दरैहिया हनुमान चोकबाट प्रहरीले मुखमा लगाएको मास्कभित्र लुकाएको प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार प्रहरी चौकी हर्कट्टीबाट प्रहरी सहायक निरीक्षक शिवप्रसाद मैनालीको कमान्डमा खटिएको गस्ती टोलीले बिहीबार दिउँसो चेकजाँचको क्रममा भारततिरबाट मोटरसाइकल चढेर आएका युवकलाई १७.६९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो।

को.४प ८२८४ नम्बरको मोटरसाइकल चढेर सीमावर्ती भारतीय बजार हुँदै नेपालतर्फ आएका सिराहाको कर्जन्हा नगरपालिका– २ बस्ने करिब २७ वर्षीय राजेश ठाकुरलाई पक्राउ गरिएको उनले बताए।

पाण्डेका अनुसार शंका लागेर मोटरसाइकल रोकी मुख छोपेको मास्क खोल्न लगाउँदा प्लास्टिकमा प्याक गरिएको खैरो पदार्थ भेटिएपछि तत्काल मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय सिराहाले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै