काठमाडौं: जुवा खेलेको आरोपमा ललितपुरबाट प्रहरीले ११ जनालाई पक्राउ गरेको छन्।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले महालक्ष्मी नगरपालिका-९ लुभु लामाटार भुजुङ्गे चोक बस्ने हरिबोल चौलागाईको घरमा जुवातास खेलिरहेको अवस्थामा चौलागाईसमेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा प्रहरी पुग्दा हार-जित हुनेगरी जुवा खेलिरहेको पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई नगद ३ लाख ६४ हजार १ सय २० रूपैयाँ र ६९ बुक ताससहित पक्राउ गरेको हो ।