नेपाल प्रहरी श्रीमती संघको आयोजनामा निशुल्क स्वास्थ्य शिबिर तथा बिराट टिचिङ हस्पिटल प्रा.लि. बिच स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुविधा सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
आज कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा नेपाल प्रहरी श्रीमती संघले आयोजना गरेको उक्त कार्यक्रम प्रमुख अतिथी नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले पानसमा दिप प्रज्जवलन गरेर कार्यक्रमको समुद्धाटन गर्नु भएको थियो । बिराट टिचिङ हस्पिटल प्रा.लि. को तर्फबाट सोही हस्पिटलका उपाध्यक्ष डा. डेनिस कार्की र नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष लक्ष्मी कुँवरले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
बिराट टिचिङ हस्पिटल प्रा.लि.ले नेपाल प्रहरीका बाहालवाला प्रहरी कर्मचारीहरु, अबकाश प्राप्त प्रहरी कर्मचारीहरु र तिनका आश्रित परिवारहरुका विभिन्न रोगका बिरामीहरुलाई स्वास्थ्य उपचारमा छुट सुबिधा उपलब्ध गराउने छ । हस्ताक्षर कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथी कुँवरले स्वास्थ्ये नै धन हो भन्ने भनाईलाई ह्रदयगमन गरि लामो समय डिउटीमा रहदा र प्रहरीको कार्य व्यवस्थताले स्वास्थ्यमा ध्यान दिन नसक्दा प्रहरी कर्मचारीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मनन् गरि प्रहरी कर्मचारीहरुलाई लक्षित गरि यो कार्यक्रम गरिएको बताउनु भयो।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष भावना श्रेष्ठ खापुङले स्वागत मनतव्य राख्नु भएको थियो भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले धन्यवाद ज्ञापन गर्नु भएको थियो । निशुल्क स्वास्थ्य शिबिर तथा हस्ताक्षर कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी महासचिव अनुश्री पाख्रिन, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङ, नेपाल प्रहरी कोशी प्रदेश श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङ, नेपाल प्रहरी श्रीमती संघकी प्रशासन सचिव अजिता देबकोटा बास्तोला, प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा, विराट टिचिङ हस्पिटल प्रालिका उपाध्यक्ष डा. डेनिस कार्की, प्रहरी उपरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिती रहेको थियो ।
विराट टिचिङ हस्पिटल प्रालि र कोशी प्रदेश प्रहरी हस्पिटल ईनरुवाको संयुक्त प्राबिधिक सहयोगमा संचालन भएको स्वास्थ्य शिबिरमा सर्जन बिशेषज्ञ, स्त्रीरोग बिशेषज्ञ, हड्डी तथा नशा रोग बिशेषज्ञ तथा फिजिसिय डाक्टरहरुबाट स्वास्थ्य सेवा दिएका थिए । उक्त स्वास्थ्य शिबिरबाट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा अन्तर्गतका २०५ जना प्रहरी कर्मचारीहरुको स्वास्थ्य सेवाबाट लभाञ्वित भएका छन् ।