Comments Add Comment

Advertisment

SKIP THIS

पाँच सय एम्पुल लागुऔषधसहित चितवनबाट प्रहरीले एक जनालाई पक्राउ

काठमाडौं: चितवनको कालिका नगरपालिकाबाट लागुऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । कालिका नगरपालिका– ७ आदर्श टोल बस्ने ३० वर्षका मिलन तामाङलाई सोही वडामा बुधबार राति नौ बजे शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार तामाङको साथबाट डाइजेपाम एक सय ९७ एम्पुल, बुप्रिनोर्फिन दुई सय १० एम्पुल, फेनार्गन एक सय ८६ एम्पुल गरी जम्मा पाँच सय ९३ एम्पुल बरामद गरिएको छ ।

लागुऔषधसहित नियन्त्रणमा लिई प्रहरीले उनको थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै