प्रधानमन्त्री प्रचण्डद्वारा नाउपालाई सरकारमा आउन आग्रह -
Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्री प्रचण्डद्वारा नाउपालाई सरकारमा आउन आग्रह

२० चैत , काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी र संरक्षक रेशम चौधरीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । दुवैजनासँग प्रधानमन्त्रीले वर्तमान सरकारमा आउन आग्रह गरेका छन् ।

मंगलबार बिहान रन्जितासँग छलफल गरेका प्रधानमन्त्रीले दिउँसो रेशमसँग भेट गरेका हुन् । छलफल नयाँ सत्ता समीकरण र प्रदेश सरकारका विषयमा केन्द्रित रहेको बताइएको छ । रेशम र रन्जिताबीच मतैक्यता नहुँदा नाउपा वर्तमान सत्ता गठबन्धनमा आबद्ध छैन । नयाँ सत्ता समीकरण अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकार गठनमा अन्यौल छ ।

नाउपाका संरक्षक चौधरीले प्रधानमन्त्री प्रचण्डले छलफलका लागि बोलाएपछि आफू गएको बताए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन र नयाँ समीकरणअनुसारको सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए ।

तर, आफूले आगामी २३ र २४ गते आफूले पार्टीको बैठक बोलाएको र बैठकले जे निर्णय गर्छ, त्यसैअनुसार निर्णय गर्ने बताएको जानकारी दिए । प्रदेश सरकारलाई स्वायत्त भएर निर्णय गर्न दिन पनि उनले प्रधानमन्त्रीलाई आग्रह गरेका बताए ।

रन्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरेपनि उनका पति रेशम विपक्षमा छन् । यही विवादको क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रन्जिता र रेशम पक्षका नेताहरुबीच हात हालाहालसम्म भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/sambandhit.php on line 3

Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/ghargha2/news24galaxy.com/wp-includes/functions.php on line 6085

प्रचण्ड कामचलाउ प्रधानमन्त्री

Advertisment

छुटाउनुभयो कि? सबै


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/youhavemissed.php on line 3

Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/ghargha2/news24galaxy.com/wp-includes/functions.php on line 6085

प्रचण्ड कामचलाउ प्रधानमन्त्री