नागरिकलाई केन्द्रविन्दुमा राखेर नतिजामुलक प्रहरी सेवा प्रवाह गर्नु : डिआईजी बिष्णु केसी -
Comments Add Comment

नागरिकलाई केन्द्रविन्दुमा राखेर नतिजामुलक प्रहरी सेवा प्रवाह गर्नु : डिआईजी बिष्णु केसी

काठमाडौं: बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी बिष्णु कुमार के.सी. ले समयको परिवर्तनसंगै आम नागरीकमा प्रहरी प्रतिको अपेक्षामा समेत वृद्धि भईरहेकाले प्रहरी संगठनले अंगिकार गरेका नीति नियम तथा कार्य-योजनाहरुको पूर्ण रुपमा कार्यान्वयन गर्दै आम नागरिकलाई केन्द्रविन्दुमा राखेर नतीजामुखी प्रहरी सेवा प्रवाहमा जोड दिनुपर्ने बताउनु भएको छ ।

बागमती प्रदेश मातहतका प्रहरी कार्यालयहरुको निरिक्षण एवं अवलोकनका क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा पुगेर प्रहरी कर्मचारिहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा उहाँले उक्त कुरा बताउनु भएको हो ।

साथै डिआईजी के.सी.ले व्यवसायिक कार्यदक्षताले भरिपुर्ण प्रहरी कर्मचारीहरुबाट मात्रै नेपाल प्रहरी संगठनले अंगिकार गरेका उदेश्यहरु पुरा हुने बताउदै हरेक प्रहरी कर्मचारीहरु दिन प्रतिदिन आफुलाई परिष्कृत गर्दै आचरणयुक्त प्रहरी कर्मचारिका रुपमा आफुलाई स्थापित गर्दै लैजानुको विकल्प नरहेको समेत बताउनु भयो ।

सोहि अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोककी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले डिआईजी बिष्णु केसीलाई समग्र काभ्रे जिल्ला अन्तर्गतको शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन एवं जनशक्ति व्यवस्थापन , अपराध अनुसन्धान लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै