Comments Add Comment

Advertisment

SKIP THIS

१७ वर्षअगाडि कुटपिट गरी एक महिलाको हत्या भएको घटनामा चार महिला पक्राउ

प्यूठानमा १७ वर्षअगाडि कुटपिट गरी एक महिलाको हत्या भएको घटनामा चार जना पक्राउ परेका छन्।

हत्यामा संलग्न पाँच जना मध्ये एक महिलाको भने मृत्यु भइसकेको प्रहरीले जानकारी दिएको छ।

जिल्लाको साबिक हंसपुर गाउँ बिकास समिति वडा नं. ९ घर भइ सरुमारानी गाउँपालिका – ४ ओखर डाँडाकी ३० वर्षीया हरिकला बुढाथोकीको हत्यामा संलग्न रहेको आरोपमा पाँच महिला पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरू हरिकलाकी नजिकका नातेदार हुन्।

२०६३ साल असोज ९ गते उनीमाथि स्थानीय ६७ वर्षीया हुमीकुमारी देबी सारु र ७५ वर्षीया दिलीसरा देबी सोमैले कुटपिट गरेका थिए।

हरिकलामाथि कुटपिट भएको चार दिनमा असोज १२ गते उनको मृत्यु भएको थियो। त्यतिबेलाको बुटवल अंचल अस्पतालमा उपचारका क्रममा हरिकलाको मृत्यु भएको थियो।

कुटपिटमा संलग्नमध्ये हिमीकुमारी रानाको भने मृत्यु भइसकेको प्रहरीले जानकारी दिएको छ । कुटपिटमा संलग्न रहेकामध्ये ६७ बर्षीया हुमीकुमारी देबी सारु र ७५ बर्षीया दिलीसरा देबी सोमैलाई सुरुमा पक्राउ गरी प्रहरीले घटना अनुसन्धान गरेको थियो।

उनीहरुको बयानका आधारमा ४० बर्षीया सितादेबी पुलामी, ३९ बर्षीया झबिसरा पुलामी र ४९ बर्षीया पुतलीदेबी नेपालीको पनि संलग्नता खुलेको हुँदा तीन जनालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी ईश्वर थापाले सेतोपाटीलाई बताए।

डिएसपी थापाका अनुसार हरिकलाकी श्रीमान धर्मराज त्यतिबेला भारतमा काम गर्थे। उनी १४ महिनादेखि घर आएका थिएनन्।

त्यसबीचमा हरिकला गर्भवती भएर सन्तान जन्माएपछि उनीमाथि आफन्तले नै कुटपिट गरेका थिए। पक्राउ परेका सबै महिलाले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरिसकेको डिएसपी थापाले बताएका छन्।

पक्राउ परेका चारै जनाविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा अगाडि बढाउन प्रहरीले मिसिल तयार पारी सरकारी वकिलको कार्यालयमा पेस गरीसकेको डिएसपी थापाले जानकारी दिए।

सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै