Comments Add Comment

Advertisment

SKIP THIS

पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्नेलाई कास्की प्रहरीले पक्राउ

पोखरा। पैदल यात्रीहरुको झोला तान्ने, डर त्रास देखाउने तथा प्रहरीलाई अभद्र व्यवहार गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -९ पृथ्वीचोक स्थित सडकमा हिँड्ने मानिसहरूको झोला तान्ने डर त्रास देखाउने तथा प्रहरीलाई अभद्र व्यवहार गर्ने पोखरा -१३ बस्ने ३० वर्षीय दिपक बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार बुधबार दिउँसो अन्दाजी १ बजेको समयमा पृथ्वीचोकमा हिंड्ने मानिसहरूको झोला तानेको तथा डर त्रास देखाउने गरेको भन्ने सूचनाका आधारमा ड्युटिमा खटिएका प्रहरीले उनलाई सम्झाई बुझाई गर्ने प्रयास गरेकोमा उल्टो प्रहरी विरुद्ध गाली गलौज र हातपातमा उत्रिएका थिए।

अभद्र व्यवहारमा उत्रिएपछि प्रहरीले बस्नेतलाई नियन्त्रणमा लिएकोमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थपेर उनीमाथि आवश्यक अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै