धनुषामा हतियार देखाएर सहकारी संस्थाको कर्मचारीबाट ८० लाख लुटियो -
Comments Add Comment

धनुषामा हतियार देखाएर सहकारी संस्थाको कर्मचारीबाट ८० लाख लुटियो

धनुषा । हतियार देखाएर एक समूहले सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेको छ।

श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेको ८० लाख रुपैयाँ अज्ञात समूहले हतियार देखाएर लुटेका हुन्।

 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित थुमौनामा महतोको साथबाट रकम लुटपाट भएको प्रहरीले जनाएको छ।

महतोले झोलामा उक्त रकम राखेका थिए। धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ स्थित रघुनाथपुरमा रकम लुटपाट भएको सूचना आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

तीन जनाको समूहमा रहेको अज्ञात समूहले ८० लाख रुपैयाँसहित झोला लुटेर फरार भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै