११ जेठ , काठमाडौ । नेपालमा पुन कोभिड-१९ को नयाँ भेरियन्ट देखिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी।१ र केपी।२’ पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकाअनुसार गएको दुई महिनायता देशभर ४२ जनामा कोरोना संक्रमण देखिएको थियो।
ती ४२ नमूनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनालाई केपी।१, १७ जनामा केपी।२ र एकरएक जनामा केपी।३ र केपी।४ भेरियन्ट देखिएको प्रयोगशालाले जनाएको छ।
यी सबै ओमिक्रोनको सब-भेरियन्ट हो।