१७ जेठ , काठमाडौ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीमा कार्यरत महिला प्रहरीहरूले प्रदर्शन गरेको साहस, दृढता र समर्पण सबैको लागि प्रेरणाको श्रोत बन्न पुगेको बताएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका र नेतृत्व विकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताएका हुन् ।

सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले ध्यmभल एयष्अिभ न्बििभचथ को उद्‌घाटन समेत गरे । प्रहरी महानिरीक्षक कुँवरको साथै उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरू एवम् आमन्त्रित महानुभावहरूले उक्त ग्यालरीको अवलोकन समेत गरे ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका महिला सदस्यहरू समाजमा अन्याय र जोखिममा परेका महिलाहरूका लागि आशा र प्रेरणाको स्तम्भको रूपमा उपस्थित हुनु खुसी र गर्वको विषय रहेको बताए ।

समाजका अप्ठ्यारा र बाधालाई परास्त पार्दै काममा तल्लीन महिला प्रहरीहरूले समग्र महिलाहरूलाई साहसी, व्यावसायिक र निस्वार्थ सेवामा लाग्न प्रेरित गर्ने विश्वास उनले व्यक्त गरे ।

अपराध अनुसन्धान, शान्ति सुव्यवस्था, नागरिक सहायता मात्र होइन खेलकुद, संयुक्त राष्ट्र संघ शान्ति मिसन, अन्तर्राष्ट्रिय सम्मेलन तथा समारोहमा नेपाल प्रहरीको प्रतिनिधित्व गरी राष्ट्र र प्रहरी संगठनको शीर उच्च पार्न महिला प्रहरी कर्मचारीहरू सफल रहेको उनले चर्चा गरे ।