Comments Add Comment

Advertisment

SKIP THIS

ताप्लेजुङमा जिप दुर्घटना हुँदा सात जना घाइते

३० असार ,काठमाडौ । ताप्लेजुङको तेल्लोकबाट सदरमुकाम फुङलिङ आउँदै गरेको जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

मे १ ज ३३१३ नम्वरको जिप फुङलिङ नगरपालिका-७ पौडेल चोकमा सडकबाट तल झरेको हो।

जिपमा सवार सिरिजंगा गाउँपालिका-२ का माया पौडेल भट्टराई, वडा नं- ४ का इच्छा लिम्वू, सरिता भट्टराई, बुद्धि थापा वडा नं. ५ का मुना भट्टराई, धनकुमार भट्टराई र इलामको रोङ गाउँपालिका-४ भालुझोडामा अबि तामाङ घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले घाइतेको अवस्था सामान्य रहेको जनाएको छ । स्टेरिङको टाइरेट गोली भाँचिएर सडकदेखि तल झरेको प्रारम्भिक अुनुसन्धानबाट खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment