Comments Add Comment

फिस्लिङमा पहिरो जाँदा मुग्लिन-काठमाडौं सडक अवरुद्ध

७ साउन , काठमाडौ । चितवनको फिस्लिङमा पहिरो जाँदा मुग्लिन-काठमाडौं सडक अवरुद्ध भएको छ ।

सोमबार बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खस्दा दुईतर्फी नै सडक अवरुद्ध भएको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो पन्छाउने काम जारी छ।

पहिरोले गाडी रोकिँदा सयौँ सवारी साधनको सडकमा लाम लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment